Sajhamanch Archive

टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पाल्पा । पाल्पामा आज बिहान भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने ठाउँमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल नगरपालिका वडा नं.३ का ३२ वर्षीय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । ढुङ्गा लिन तानसेनबाट सर्देवा जाँदै गरेको लु २ ख १८५४ नम्बको टिप्पर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खाली टिप्पर सडकदेखि झण्डै तीन सय मिटर तल खसेर दुर्घटनाग्रत भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *