Sajhamanch Archive

चाँडै निको हुनुस्, स्वास्थ्यलाभको कामना : पूर्वराजा शाह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

पूर्वराजा शाहले आज आफ्ना पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पठाएर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओली दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि सोमबारै त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। उनको बुधबार बिहान ९ बजेदेखि चिकित्सकहरुको टोलीले मिर्गौला प्रत्यारोपण गर्दैछन्।

“पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट प्रधानमन्त्री केपी शर्मा वलीको सफल मृगौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छु”, पूर्वराजाका सहयोगी फणिराज पाठकले भने, “मौसुफको शुभकामना सन्देश लिएर श्री ५ का पूर्व प्रमुख सचिव पशुपति भक्त महर्जन शिक्षण अस्पताल महाराजगन्ज जानु भएको छ।”

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *