Sajhamanch Archive

११ वर्षिया बालिकाको उपचारका लागि सहयोगको याचना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । आर्थिक अभावका कारणले गर्दा मृगौलामा इन्फेक्सन भएर अस्पताल भर्ना हुन नसकेकी नेहा धमला वि.क को सहयोगको याचना गरिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीस्थित भानु प्रा.वि कक्षा चारमा अध्ययनरहत विद्यार्थी वि.क आर्थिक अवस्था नाजुक भएका कारण अस्पतालसम्म भर्ना गर्न नसकेकोले बिर्तामोडमा रहेको गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्थाले वि.क को उपचारार्थ आर्थिक सहयोग गरिदिन पत्रकार भेटघाट मार्फत अनुरोध गरेको छ ।

११ वर्षिया वि.क हाल खुदुनाबारीस्थित आफनै घरमा जीवन रक्षाको कामना गर्दै जीवनसँग संघर्ष गरिरहेको र पैसा अभावकै कारण कसैले जीवन गुमाउनु नपरोस् भनेर सबैसँग सहयोगको अपेक्षा गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले बताए ।

चारपाँच अघि वर्षदेखि नै समस्या देखा परे पनि रकमको अभावले गर्दा उपचार गर्न नसकिएको वि.क की आमा तारा धमलाले बताइन् ।

अहिलेसम्म ५० हजार भन्दा बढी खर्च खर्च भई सकेको र अब दुई देखि तीन लाख खर्च लाग्ने अस्पतालले बताएपछि वि.क परिवारमा संकट आएको हो । तीनजना छोराछोरीसहित बस्दै आएकी तारा ज्याला मजदुरी गरेर आफनो दैनिक गुजारा चलाउँदै आएकी छिन् । पाँचवर्ष अघि नै उनको श्रीमन्नको मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *