Sajhamanch Archive

सर्वोच्चको आदेशमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत फर्किए काममा

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन्। सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन्।

गत असार २० गते मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले २०७४ भदौ १४ यताका नियुक्ति खारेजी गर्ने निर्णयसँगै उनको पद पनि खारेज भएको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतले आदेश दिएपछि उनी पुनः आफ्नो काममा फर्किएका हुन्। गत श्रावण १ गतेदेखि नै कार्यालयमा हाजिर हुन गएपनि उनलाई हाजिर गर्न दिइएको थिएन।

आज भने उनी अर्थ मन्त्रालयका सचिव र नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेसँग स्विकृति लिएरै कार्यालयको काममा फर्किएको बताइएको छ। अदालतले आदेश दिएपछि आफू सहज ढंगले कार्यालयको काममा फर्किएको र त्यसमा अध्यक्ष न्यौपानेसँग कुनै विवाद नभएको साउदले बताए।

प्रमुख कार्यकारी अधिकृत साउदले आफू पद बर्खास्तीमा नपरेको भए नेप्सेको कारोबारलाई अनलाईनमा लैजाने निर्णय कार्यान्वयन प्रक्रियाले गति लिइसकेको हुने दाबी पनि गरे।

उनले नेप्सेको कारोबारलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत साउदले केही समय पदबाट बर्खास्ती गरेपनि आफ्नो सरकारसँग कुनै गुनासो रहेको बताएका छन् ।

– थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *