Sajhamanch Archive

एनएमसीका अधिकृत कर्मचारीहरुलाई व्यवस्थापकीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था, शिक्षा तथा तालिम समितिले संस्थाका प्रमुख कर्मचारीहरुलाई व्यवस्थापकीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाका चारवटा व्यवसायका प्रशासनिक प्रमुखहरु, प्रधान कार्यालय तथा कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरु साथै बैकिङ्ग व्यवसायका कार्यालय प्रमुखहरु तालिममा सहभागी रहेका थिए ।

संस्थाको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्न सो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । संस्था र व्यवस्थापक बीचको दूरीलाई कम गरी कसरी प्रगति र उन्नतिमा लैजान सकिन्छ भन्ने उत्प्रेरणा जगाउने खालको कार्यक्रम सम्पन्न गरिएको शिक्षा तथा तालिम समिति सदस्य केसी श्रेष्ठले बताएका छन् ।

राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले मुख्य सहजकर्ताको रुपमा व्यवस्थापकीय क्षमता अभिवृद्धि साथै चार्ट अफ एकाउण्ट सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, उपाध्यक्ष भगवती घिमिरे मैनाली, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र प्रशासनिक प्रमुखहरु, विभागीय प्रमुखहरु साथै कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

शिक्षा तथा तालिम समितिका संयोजक सावित्रा दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा तथा तालिम समितिका सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *