Sajhamanch Archive

विराट सहकारीको कारोबार अब आफ्नै ‘विराट भवन’बाट

Published: (Updated: ) in समाज, सहकारी by .

विर्तामोड । जिल्लाका अग्रणी सहकारी संस्थाहरुमध्येको एक झापा विर्तामोड–३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले बुधबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ ।

हालसम्म विर्तामोड–३ सैनिकमोडमा भाडाको घरबाट आफ्नो सेवा तथा कारोबार सञ्चालन गर्दै आएको संस्थाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेपछि बुधबारदेखि त्यहीँबाट आफ्नो सेवा तथा कारोबार सञ्चालन गरेको संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिए ।

वि. सं २०६३ सालमा ५३ जना शेयर सदस्य मिलेर स्थापना गरेको विराट वचत तथा ऋण सहकारी संस्था र विराट कामधेनु महिला कृषि सहकारी संस्थाबीच २०७२ मा एकीकरण भएपछि संस्था विराट बहुउद्देश्यीय सहकारी संस्थामा रुपान्तरण भएको थियो ।

विर्तामोड–३ विर्ताबजारछेउमा नवनिर्मित संस्थाको संस्थाको चारतले भवनको एक समारोहका बीच राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले उद्घाटन गरे । नवनिर्मित भवन परिसरमा आयोजित समारोहका प्रमुख अतिथि पोखरेलले सहकारी क्षेत्रले समाज रुपान्तरणमा उल्लेख्य योगदान पुर्याएको बताउँदै अब सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए ।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सचिव रुद्र सिटौलाले सञ्चालन गरेको समारोहमा संस्थाका उपाध्यक्ष एवम् भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले भवन निर्माणको हिसाब सार्वजनिक गरेका थिए । संयोजक सिटौलाका अनुसार हालसम्म भवन निर्माणमा लगभग १ करोड ६५ लाख खर्च भएको छ ।

सोही अवसरमा संस्थाले सो संस्थामा शेयर सदस्य रही नियमित कारोबार गर्ने विर्तामोड क्षेत्रका २२ जना ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान पनि गरिएको थियो ।

सम्मानित हुनेहरुमा कृष्णबहादुर दाहाल, कृष्णमाया कटुवाल, तुलसीप्रसाद चुडाल, गोपीकृष्ण न्यौपाने, खड्गप्रसाद सिटौला, देवीप्रसाद ओली, लक्ष्मीप्रसाद सिटौला, नरेन्द्र तिम्सिना, देवीप्रसाद पाठक, टिकादेवी काफ्ले, चाननमल मित्तल, रमाकान्त सिटौला, गंगाप्रसाद ओली, डिल्लीप्रसाद सिटौला, सती राजवंशी, विशेश्वरी पाठक, तुलसीराम पाठक, खेमनाथ काफ्ले, कुलबहादुर कार्की र मनमाया ढुंगेल रहेका छन् । उनीहरुलाई नगद दुइृ हजारसहित प्रमुख अतिथि पोखरेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी भवन निर्माण समितिका संयोजक सिटौला र निर्माण कम्पनीका सम्सी दासलाई नगद पाँचहजारसहित सम्मान गरिउको थियो ।

संस्थाको महिला परिचालन समितिकी संयोजक भीमा शिवाकोटीले स्वागत गरेको समारोहमा संस्थाका अध्यक्ष शिवाकोटीले संस्थामा हालसम्म २७६७ शेयर सदस्य पुगेका, ६ करोड ६७ लाख ८१ हजार आठ सय शेयरपूँजी पुगेको, लगानीमा लगानी रकम २४ करोड २० लाख २९ हजार ९८२ र २२ करोड ४१ लाख ८६ हजार ८३४ रुपैयाँ निक्षेप रहेको विवरण प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *