Sajhamanch Archive

मस्तिष्कघातका बिरामी पुरीलाई कतारबाट एक लाख रुपैयाँ उपचार सहयोग

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कतार । खोटाङ सेवा समाज कतारले मस्तिष्क घातका बिरामी कुमार पुरी (खोटाङ)लाई उपचार सहयोगस्वरुप एक लाख रुपयाँ प्रदान गरेको छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडानम्बर ५ महेश्वरी निवासी पुरी लामो समयदेखि मस्तिष्क घातबाट ग्रसित भई उपचाररत छन् । उनको परिवारको आर्थिक अवस्था नाजुक भएको जानकारी पाए पछि कतारमा कार्यरत नेपालीहरुको पहलमा बिरामीलाई उपचार खर्च जुटाउन सफल भएका हुन् ।

खोटाङ सेवा समाज कतारको पहलमा एक लाख रुपयाँ संकलन गरी खोटाङ सेवा समाज काठमाडौंका पदाधिकारी काँशीनाथ आचार्यमार्फत् पुरीको उपचार भइरहेको नर्भिक अस्पतालमा नै पुगेर बिरामीलाई रकम हस्तान्तरण गरिएको हो ।

संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोग कदममा कदम मिलाउँदै खोटाङ सेवा समाज कतार अगाडि बढेको उनीहरुको भनाई छ । बिरामी पुरीलाई आर्थिक सहयोग जुटाएर बचाउने अभियानमा सघाउनका लागि संस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भावना रहेका व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरेको संस्थाका अध्यक्ष्य रुद्र शर्माले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *