Sajhamanch Archive

दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काँकरभिट्टा । मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई खेलप्रति आकर्षण गर्नुका साथै थप उर्जा मिलेको बताए ।

त्यसैगरी शुभकामना मन्तव्य राख्दै बालकृष्ण थापा, काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष एवम् राष्ट्रिय महिला फुटवल टिमका गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेत र बालजित राईले खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै सरकारले खेलक्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा नाइटचेस क्लब काँकरभिट्टाका महासचिव अशोक राई, नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगर शाखाका अध्यक्ष राजेश गहतराज, अमित श्रेष्ठ आशिष गजमेर, कर्ण थापा मगरलगायतको आतिथ्यता रहेको थियो । ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगका अध्यक्ष निमा वाङगेल तामाङ (राजु)को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम सञ्चालन आयोजकका कुलदीप राईले गरेका थिए ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगको आयोजनामा सञ्चालित प्रतियोगितामा मेचीनगरका ३० जना खेलाडी सहभागी छन् । प्रतियोगिताको मार्करमा पूर्व स्नोकर खेलाडी पासाङ शेर्पा, कर्ण थापामगर र सचित श्रेष्ठ रहेका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार रुपैयाँसहित ट्रफी, द्धितिय हुनेले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको हाइस ब्रेकरले नगद २ हजार ५०० सहित ट्रफी पाउने छन् । प्रतियोगिता फागुन २६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *