Sajhamanch Archive

दुबईका शेखले श्रीमती र छोरीमाथि अपहरण गरेको अदालतको ठहर

Published: in विविधा, विश्व समाचार by .

दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो।

शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको अदालतले पुष्टि गरेको हो। उनी फैसलाको समयमा अदालतमा उपस्थित नभएकोमा अदालतप्रति इमान्दार नभएको पनि जनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन्।

फैसला प्रकाशन भएपछि शेख मोहम्मदले आफू सरकार प्रमुख भएकोले अदालतमा जान नपाएको भन्दै अदालतबाट एकपक्षीय फैसला आएको आरोप लगाएका छन्। अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा खुलाएको छैन।
ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *