Sajhamanch Archive

अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयो

Published: in विविधा, विश्व समाचार by .

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई जना मारिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ । गएको शनिबार अमेरिका र तालिवानी लडाकूबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने शर्तसहित शान्ति सम्झौता भएपछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो घटना हो । त्यो सम्झौताले अफगानिस्तानमा शान्ति ल्याउने आशा गरिएको थियो ।

आईएसआईएस भने सम्झौतामा सहभागी थिएन । अफगानिस्तानमा चलिरहेको द्वन्द्वका कारण २४ सय भन्दा धेरै अमेरिकी सेनाको ज्यान गैसकेको छ भने झण्डै १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *