Sajhamanch Archive

कोरोना भाइरसः विश्वभर एक लाख भन्दा बढी संक्रमित, मृतकको संख्या ३५ सय पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ ।

चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् । चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानमा एकै दिन एक सय २२ भन्दा बढीको मृत्यु भएको छ भने नयाँ संक्रमितहरुको संख्या पनि बढ्दै गएको बताइएको छ । फ्रान्स, दक्षिण कोरिया र भारतमा पनि संक्रमण फैलिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अमेरिकामा पनि मृत्यु हुनेको संख्या १५ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण फैलिएपछि विभिन्न देशले हवाइ र स्थलगत नाकाहरु बन्द गर्नुका साथै चेकजाँचमा कडाइ गरेका छन् ।

ती देशहरुले अत्यावश्यक बाहेक विदेश नजान आफ्ना नागरिहरुलाई आग्रह गरेका छन् । त्यसैगरी संक्रमण बढ्दै गएपछि शिक्षण संस्था बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न र बाहिर हिडडुल गर्न पनि रोक लगाइएको समाचारमा उल्लेख छ ।

यसैबीच चीनमा भने कोरोनाका नयाँ सक्रमितहरु नभेटिएको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *