Sajhamanch Archive

सुडानका प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास

Published: in विश्व समाचार by .

सुडान । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्या प्रयासमा बच्न सफल भएका छन् ।

राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो ।
‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो । तर, धन्य ईश्वर कसैलाई केही भएन,’ प्रधानमन्त्री कार्यालयका निर्देशक अलि बखितले भनेका छन् ।

प्रधानमन्त्रीलाई अहिले सुरक्षित स्थानमा लगिसकिएको जनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । हाम्दोक गत वर्षको अगस्टमा प्रधानमन्त्री बनेका थिए । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *