Sajhamanch Archive

‘भारतीय लोकसभामा प्रधानमन्त्री मोदी : ‘फ्रान्स’ र कांग्रेस अध्यक्ष गान्धी ‘क्रोएसिया’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेको शिवसेना पार्टीले कांग्रेस अध्यक्ष राहुल गान्धीको भाषणको प्रशंसा गरेको छ ।

शिवसेनाका प्रवक्ता सञ्जय राउतले राहुल गान्धीको भाषणको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले अविश्वासको प्रस्तावमा जित हासिल गरे पनि गान्धीले सबैको मन जितेको बताए । उनले शुक्रबार भारतीय लोकसभामा कांग्रेस अध्यक्षले प्रधानमन्त्रीलाई अँगालो हालेको कुराको पनि प्रशंसा गरे ।

प्रवक्ता राउतले अविश्वास प्रस्तावलाई भर्खरै सम्पन्न विश्वकप फुटबलसँग पनि तुलना गरे । राउतले प्रधानमन्त्री मोदीलाई फ्रान्ससँग र गान्धीलाई क्रोएसियासँग तुलना गरे ।

उनले विश्वकप फुटबलको उपाधि फ्रान्सले जिते पनि उपविजेता भएर पनि विश्व समुदायको मन भने क्रोएसियाले जितेको बताए । ठिक त्यसैगरी शुक्रबार भारतीय लोकसभामा प्रधानमन्त्रीले अविश्वासको प्रस्तावमा जित हात पारेको तर गान्धीले मन जितेको राउतले बताए ।

शिवसेना र बीजू जनता दल शुक्रबारको अविश्वास प्रस्तावको मतदानमा सहभागी भएन । अविश्वास प्रस्तावको पक्षमा १२६ मत परेको थियो भने यसको विपक्षमा ३२५ मत ।

एजेन्सी समाचार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *