Sajhamanch Archive

टेम्पो दुर्घटना हुँदा झापामा एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दमक । झापाको दमक नगरपालिका वडा नं.५ स्थित हरिओम कोलेनीस्थित भित्री सडक खण्डमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नंं.९ का ६१ वर्षीय उमबहादुर मगर रहेका छन्। इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा अधिकारीका अनुसार मगरको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मंगलबार राति मृत्यु भएको हो।

मे १ ह ६५८४ नम्बरको टेम्पोका चालक दीपकुमार मगरले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। चालक र टेम्पोलाई नियन्त्रणमा लिइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *