Sajhamanch Archive

उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न ३ बजेका लागि तय गरिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।कोरोनाको संक्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह गरिरहेका छन् ।

यहीबीच सरकारको पूर्वतयारी र अन्य दलका सुझाव लिन पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि गत भदौ ३ गते पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बसाएका थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *