Sajhamanch Archive

नेपालको बजेटको आधा रकम भारतका ट्रक ड्राइभरले घुस खुवाउँछन्

Published: in अर्थतन्त्र, विविधा, विविधा by .

हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका छन् ।

भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई वार्षिक झण्डै ५ खर्ब भारु घुस खुवाउनु परिरहेको एक रिपोर्टले देखाएको छ । भारतमा ट्रक ड्राइभरहरुको अवस्थाका बारेमा अध्ययन गरी तयार पारिएको क्त्ग्म्थ् इल् त्ज्भ् क्त्ब्त्ग्क् इँ त्च्ग्ऋप् म्च्क्ष्ख्भ्च्क् क्ष्ल् क्ष्ल्म्क्ष्ब् शीर्षकको रिपोर्टले यस्तो देखाएको हो ।

उक्त रिपोर्ट अनुसार भारतीय सडकहरुमा ट्रक ड्राइभरहरुले वार्षिक ४८ हजार करोड भारु घुस दिनु पर्दछ । सेभ लाइफ फाउन्डेसनले भारतको दिल्ली, मुम्बइ, चेनइ, कोलकाता, बैंगलोर, जयपुल लगायतका १० मूख्य सहरहरुमा १२ सय भन्दा धेरै ट्रक ड्राइभर र १ सय भन्दा धेरै ट्रक मालिक तथा कम्पनीहरुसँग गरेको कुराकानीका आधारमा उक्त रिपोर्ट तयार पारिएको हो । अध्ययनको क्रममा भारतको सडकमा गुडिरहेका ८३ प्रतिशत ट्रकका ड्राइभरहरुले कुनै न कुनै बेला कसै न कसैलाई घुस खुवाउनु परेको तथ्यको खुलासा भएको छ ।

भारतमा ट्रक चालक र भ्रष्टाचारबीचको सम्बन्धका विषयमा सन् २००५ मा पहिलो पटक ट्रान्सपरेन्सी इन्टरनेसनलले अध्ययन गरेको थियो । त्यसक्रममा भारतमा ट्रक ड्राइभरहरुले वार्षिक २ खर्ब भारु घुस खुवाउनु परेको तथ्य सार्वजनिक भएको थियो । ट्रक ड्राइभरहरुले सडकमा गुडिरहँदा खासगरी सडक तथा यातायात कार्यालयका अधिकारीहरु, ट्राफिक तथा हाइवे पुलिस, चेक पोष्टहरु, आयकर अधिकारीहरु लगायतलाई घुस दिनु पर्दछ ।

तथ्यांक अनुसार भारतमा ट्रकको संख्या ५९ लाख ३ हजार ३७० रहेको छ । ती ट्रक चलाउने ड्राइभरहरुले दैनिक २ सय २२ भारु घुस दिनु परिरहेको रिपोर्टमा उल्लेख छ ।

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *