Sajhamanch Archive

कर्णबहादुर बाँठाको उपचारका लागि अमेरिका बस्ने नेपालीबाट संकलित एक लाख २६ हजार सहयोग हस्तान्तरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले धेरैथरि रोगबाट ग्रस्त रोल्पाका कर्णबहादुर बाँठा मगरको उपचारका निम्ति सवालाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ हजार ११० डलर (१ लाख २६ हजार ९८५ रुपैयाँ) बिरामी कर्णबहादुरलाई आज हस्तान्तरण गरिएको हो । उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो ।

माडी गाउँपालिका– ६ रोल्पा (साविक कोर्चावाङ) निवासी ४७ वर्षीय कर्णबहादुर विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराइरहेका छन् ।

पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको उनका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । बाँठामगर परिवारले घरको आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा सहयोग गर्न आग्रह गरेका थिए । उपचारका लागि अझै ठूलो धनराशी खर्च हुने चिकित्सकले बताएकाले उनीहरु सहयागी मनहरुको अपेक्षामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *