Sajhamanch Archive

बसको ठक्करबाट एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १- ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ -०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर पछाडि बस्ने बाराको परवानीपुर २ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतक ठाकुर ल्याब टेक्निसियन हुन् ।

स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *