Sajhamanch Archive

टिप्परको ठक्करबाट १८ महिने शिशुको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भक्तपुर । टिप्परको ठक्करबाट आज भक्तपुरमा एक बालकको ज्यान गएको छ ।

चागुँनारायण-९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्परके ठक्करबाट ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिनाको छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *