Sajhamanch Archive

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

 

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *