Sajhamanch Archive

सुडानमा पनि कोरोनाबाट एकजनाको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by .

अफ्रिकी मुलुक सुडानमा पनि कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ। ५० वर्षे सुडानी नागरिकको मृत्यु भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनको मृत्यु राजधानी खार्तुममा भएको थियो।

मार्चमा संयुक्त अरब इमिरेटसको भ्रमण गरेपछि उनलाई उक्त भाइरस संक्रमित भएको आशंका गरिएको छ। सुडानले बिहीबार कोरोना भाइरसबाट प्रभावित मुलुक इटाली र इजिप्टको उडान बन्द गरेको छ। साथै स्थल यातायातबाट गरिने यात्रा पनि इजिप्टको लागि बन्द गरिएको हो। शुक्रबार केन्या, इथियोपिया र गुयनामा कोभिड-१९ को संक्रमित भेटिएको पुष्टि भएको छ। यी राष्ट्रसहित अफ्रिकी मुलुकको १८ राष्ट्रमा कोरोना भाइरसको संक्रमित भेटिएको छ।

अफ्रिकी मुलुकमा अहिलेसम्म व्यापक रूपमा कोभिड-१९ को संक्रमित भेटिएको छैन। विश्वभर १ लाख २७ हजार संक्रमित र ४ हजार ७ सयको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। अफ्रिकन मुलुकमा धेरै जसो संक्रमितहरू विदेश भ्रमणबाट आएका थिए। त्यसबाट सुरक्षित रहनको लागि परीक्षण गरिरहेको र क्वारेन्टाइनस्थलको निर्माण गरिरहेको छ। यस महाद्बीपमा संक्रमित बढे सँगै रोकथाम गर्नको लागि चिन्ता बढदै गएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *