Sajhamanch Archive

जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालनार्थ तालिम

Published: (Updated: ) in समाज by .

केर्खा । स्थानिय तहका जनप्रतिनिधीहरुलाई स्थानिय सरकार स ञ्चालनसम्वन्धी तालिम प्रदान गरिएको छ ।

जिल्ला समन्वय समिति झापाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिमलाई एलजिसिडिपीको आर्थिक सहयोगमा तालिम प्रदान गरीएको हो ।
तालिममा स्थानियतहमा आर्थिक नियन्त्रण, वित्तिय व्यवस्थापन योजना कार्यान्वयन र मुल्याङ्गन, उपभोक्ता समिति गठन ,नेतृत्व विकास जस्ता विषयमा विजय तिम्सिना र गोविन्द अधिकारीले सहजीकरण गरेका थिए ।

तालिमबाट स्थानिय सरकार सञ्चालन गर्न धेरै सहयोग पुग्नुका साथै योेजना तर्जुमा, बजेट व्यवस्थापन, कार्यालय खर्च,जस्ता विषयमा तालिम प्राप्त भएकोले भोलिका दिन सरकार सञ्चालन गर्न सहयोग पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेणु प्रसाद सिवाकोटीले बताए ।

निर्वाचित भएको एक वर्षसम्म हामीले कानुन भन्दा पनि आफ्नो अनुभवले काम गरिरहेका रहेछौं तर यो तालिमले हामीलाई कानुनका धेरै कुरा सिक्ने अवसर दिएको वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले बताए । उनले अवका दिनमा अनुभव भन्दापनि कानुनलाई समाएर काम गर्न सहज भएका जानकारी दिए ।
एक वर्ष अगाडि दिनुपर्ने तालिम एक वर्ष पछि आएर पायौं हामीले कार्यालयमा दैनिक गर्नु पर्ने कामकालागि तालिम अत्यन्तै उपयोगी रहेको गाउँपालिका कार्यपालिका सदस्य सिता निरौलाले बताईन् ।

कार्यालयको काम गर्दा कतिपय काममा दुविधा हुने गर्छ यस किसिमको कामका लागी यो तालिम अत्यन्तै उपयोगी भएको सविच गाउँपालिका वडा नम्बर ३ का सचिव हरिप्रसाद पौडेल जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *