Sajhamanch Archive

मनकामनामा नेविसंघ पुर्न गठन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मनकामना इकाई सभापतिमा डेविड श्रेष्ठ चयन भएका छन् ।

यसैगरी उपसभापतिमा सुजन भण्डारी र रुसिका सापकोटा, सचिवमा उमेश खतिवडा, सह- सचिवमा शिक्षा भट्टराई र रोहित दाहाल तथा कोषाध्यक्षमा उत्सव दाहाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विश्वास दाहाल,वर्षा कडरिया,सृजना अधिकारी र पुजा दाहाल रहेका छन् । त्यस्तै समितिको संरक्षक तथा सल्लाहकार संयोजकमा विरु दर्नाल र सह संयोजकमा विशाल राईलाई सर्वसम्मत चयन गरिएको हो ।

नेविसंघ मनकामना एकाई सभापति पवन खनालको अध्यक्षतामा भएको पुर्न गठन कार्यक्रमको प्रमुख अतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका थिए ।

सो अवसरमा नेविसंघ झापा जिल्ला सभापति उप्रेती, नेविसंघ झापा जिल्ला सह- सचिव मिलन चापागाईं लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

उक्त पुर्न गठन कार्यक्रममा नेविसंघका झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेल, जिल्ला सदस्य विकास बस्नेत,बिर्तामोड नगर सभापति योगेन थापा लगायतको उपस्थिति रहेको थियो ।

संघका संरक्षक तथा सल्लाहकार संयोजक विरु दर्नालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *