Sajhamanch Archive

देवभूमिमा कोरोना भाइरस सम्बन्धी सचेतनासहित मास्क वितरण

Published: in समाज, स्वास्थ्य by .

अर्जुनधारा । कोभिड–१९ को संक्रमणबाट जोगिन अर्जुनधारा–५ स्थित देवभूमि अङ्ग्रेजी विद्यालय अन्तरगतको बालक्लब र इन्टर्याक्ट क्लब अफ देवभूमिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

क्लबका अध्यक्ष अंकिता भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले कोभिड–१९ को संक्रमणबाट बच्ने उपायहरुका विषयमा जानकारी गराएका थिए ।

अध्यक्ष कट्टेल सामाजिक अभियान्ता पनि हुन् । उनले बालबालिकाको स्वास्थ्य नै पहिलो कुरा भएकाले सचेतता बढाउनु प्राथमिकता भएको बताए ।

त्यसैगरी विद्यालय परिसरमा कोभिड–१९ सम्बन्धी जानकारीमूलक सन्देश उल्लेखित सूचना बोर्ड पनि राखिएको छ । कार्यक्रममा शिक्षक तथा विद्यार्थीसहित ४५० थान मास्क वितरण गरिएको प्रधानाध्यापक राकेश कट्टेलले बताए । उनले माक्स बितरण गर्नु ठूलो कुरा नभए पनि विद्यार्थीहरुमा सचेतता जगाउनु आफूहरुको दायित्व भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *