Sajhamanch Archive

मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह चौथो वर्षमा वि.एड र वि.वि.एस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाईं,शैक्षिक संयोजक कुमार थपलिया, कलेजका प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु विरु दर्नाल, आस्था सिटौला,रोशनी दंगाल, र दिपक ढुंगानाले विदाई मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विदाई हुने विद्यार्थीका तर्फबाट इन्साफभाई ढुङगेल र नारायण भण्डारीले कलेज पढ्दाका आ-आफ्ना अनुभव र अनुभूति राखेका थिए ।

सो अवसरमा आफ्नो धारणा राख्दै क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाईंले विद्यार्थीहरुलाई विदेश पलायन हुनुको सट्टा आफ्नै देशमा बसेर व्यवसायिक क्षेत्रमा संलग्न हुन आग्रह गरे ।

कलेजका शैक्षिक संयोजक कुमार थपलियाले विदाई कार्यक्रमको औचित्यसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन प्राध्यापक गोपाल काफ्लेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *