Sajhamanch Archive

नेपाली फुटबल टिमको इङ्ग्ल्याण्ड भ्रमण अर्को सूचना नआएसम्म स्थगित

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएपछि नेपाल र इङ्ल्याण्डको टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *