Sajhamanch Archive

एसईईसहित सबै तहका परीक्षा स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौँ । नेपाल सरकारले भोलि चैत ६ गतेदेखि गर्नेगरी तयारी पूरा गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको बताएका हुन् ।

यसअघि आजै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो।

तर नेकपा सचिवालयको बैठकको निर्णय पछि उच्चस्तरीय समन्वय समितिको निर्णय उल्टाउँदै एसईईसहित चैत महिनाभर सञ्चालन हुने सबै परीक्षाहरु स्थगित गर्ने खबर सार्वजनिक भएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चैतमा हुने गरी निर्धारित सबै परीक्षा स्थगित गरिएको जनाएका हुन् । ‘सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखेरलले भने, ‘सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *