Sajhamanch Archive

कोरोना रोकथामको प्रयास : इरानले थप कैदीबन्दी रिहा गर्ने

Published: (Updated: ) in विविधा, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस रोकथामको प्रयासमा गत मंगलबार झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको इरानले थप १० हजार जनालाई पनि जेलमुक्त गर्ने तयारी गरेको त्यहाँको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि कैदी–बन्दीहरू रिहा हुनेछन् । सबै प्रक्रिया पूरा गरेर शुक्रबारसम्म थप कैदीबन्दी रिहा हुने समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट चीन र इटलीपछि इरान बढी प्रभावित भएको छ । इरानमा हालसम्म १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *