Sajhamanch Archive

कोरोना नियन्त्रण गर्न झापा कांग्रेसद्वारा प्रजिअलाई ज्ञापन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र हुँदै गएपछि सो संक्रमणबाट बच्न सीमानाका बन्द गरी आन्तरिक सुरक्षा प्रवद्र्धन गर्न माग राखी झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेपाली काँग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई नेतृत्व टोलीले नेपाल भारतका प्रवेशनाका तथा खुल्ला सिमाना बन्द गरी रोग संक्रमण जोखिम घटाउनु पर्ने, आपतकालिन आवगमनमा भरपर्दो चेकजाँच गरिनु पर्ने, स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण र प्रोत्साहन भत्ता दिइनु पर्ने माग गरिएको छ ।

यसरी नै कालोबजारी रोक्नुपर्ने, मेची अञ्चल अस्पताललगायत सरकारी तथा निजी अस्पतालहरूलाई जोखिम सामना गर्न आइसोलेशन वार्ड निर्माण गरिनुपर्ने, आवश्यक पर्ने क्वारेन्टाइन झापाका १५ वटै स्थानीय तहमा सुरक्षित स्थानमा निर्माण गरिनु पर्ने, रोग संक्रमणबाट बच्न नागरिक तहमा सतर्कताका लागि स्थानीय सञ्चारमाध्यमहरूको अधिकतम उपयोग गर्नुपर्ने लगायत १२ बुँदामा सुझावसहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले माघ १८ गतेबाटै झापाको काँकरभिट्टा नाकामा चेकपोष्ट राखी परीक्षण गरिरहेको जानकारी दिँदै हाल झापाका ५ वटै नाकामा नेपाल भारत आवतजावत गर्ने व्यक्तिको थर्मल गन मार्फत उच्च स्थरीय चेकजाँच भइरहेको जानकारी दिए ।

प्रजिअ रानाले कालोबजारी रोक्न बजार अनुगमनलाई तीब्रता दिएको भन्दै यस बीचमा ८०० भन्दा बढी माक्स कालोबजारी गरी बढी मूल्यमा बेच्न खोजेको अवस्थामा नियन्त्रणमा लिएर बिक्रेतालाई कानूनी दायरामा ल्याइएको पनि जानकारी दिए । उनले प्रदेश सरकारको कार्ययोजना अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एकद्वार सूचना प्रणाली व्यवस्थापन गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *