Sajhamanch Archive

जीप दुर्घटना हुँदा नौ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं.४ दग्नाममा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

दग्नामको कान्छीगाउँदेखि बेनी आउँदै गरेको ग२च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा आज बिहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा परी दग्नामका सुकमाया गर्बुजा, भदेबी गर्बुजा ,हमाया पुन, मिन्जा पुन, युबी गर्बुजा, मनबहादुर तिलिजा ,बर्षा शेरपुन्जा ,तामिना शेरपुन्जा र अशिम गर्बुजा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये गम्भीर दुईजना भदेबी गर्बुजा र मिन्जा पुनलाई बेनी अस्पतालमा सामान्य उपचारपछि पोखरा मनिपाल हस्पीटल रिफर गरिएको छ। अन्य घाइतेको बेनीअस्पतालमा उपचार हुँदै छ। जिप सडकदेखि करिब २५ मिटर तल खसेको थियो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *