Sajhamanch Archive

वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन झापा उद्योग वाणिज्य संघको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ ।

आज संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो ।

कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा समस्या आउनु स्वभाविक छ । यो संगीन घडीमा उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तुहरु अस्वभाविक रुपमा खरीद गरी अभाव हुन गएको अवस्था एकातिर देखिएको छ भने अर्कोतिर कहीं कतै कुनै व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्न खोजेको जस्ता कुरा बाहिर आइरहेको अवस्थामा झापा उद्योग वाणिज्य संघले यस्तो निर्णय गरेको हो ।

संघले अस्वाभाविक मूल्यबृद्धि नगर्ने, आफ्नो स्टकमा रहेको सामग्री सकिएपछि मात्रै सामग्री नभएको जानकारी सूचना बोर्डमार्फत गराउने, व्यापारिक केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था गर्न, आफना कर्मचारीलाई नियमित मास्क लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । संघले अहिलेको कठिन परिस्थितिमा व्यवसायिक धर्म पालन गर्दै, राज्यका नियम कानुनभित्र रहेर अझ जिम्मेवार भएर प्रस्तुत हुन व्यवसायीहरुलाई आव्हान गरेको छ । संघले कोारोना भाइरसविरुद्ध सचेतना व्यापक बनाउने निर्णय पनि गरेको छ ।

संघले अहिले कुन बेला के हुने ? भन्ने अन्योलको अवस्थामा उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सामग्री किन्नेजस्ता काम गरेको पाइएकोले बजारमा अभावजस्तो देखिएको हुँदा दैनिक उपभोग्य बस्तुको अस्वभाविक भण्डारण नगर्न उपभोक्तालाई पनि सचेत गराएको छ । संघले सबै शाखाहरुलाई आ–आफनो  क्षेत्रमा नियमित अनुगमन गरी व्यवसायी–उपभोक्ताबीचको सम्बन्ध बलियो बनाउन आग्रह गरेको छ । उक्त बैठक संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *