Sajhamanch Archive

एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित तीन जनालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका १४ वर्षीय रोशन दनुवारको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा आज बिहान मृत्यु भएको छ। अर्का घाइते ६२ वर्षीय तिलक दनुवारको गएराती नै जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

हिजो साँझ झिल्केटोलस्थित बाटो छेउमा बसिरहेका रोशन, तिलक र ३२ वर्षीय राजकुमार दनुवारलाई एम्बुलेन्सले ठक्कर दिएको थियो।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *