Sajhamanch Archive

लायन्स क्लब अफ अनारमनीद्वारा मास्क वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क नि:शुल्क वितरण गरेको छ ।

झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाङ्ग्रे,अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित लायन्स क्लबले मास्क वितरण गरेको क्लबका अध्यक्ष शैलेन्द्र कुरुङ्बाङ्गले जानकारी दिए ।

चीनबाट विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतनाका साथ करिव १ हजार ५ सय वटा मास्क वितरण गरेको क्लबका अध्यक्ष कुरुङ्बाङ्गले बताए ।

साथै लायन्सले कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनकालागि निःशुल्क हात धुने व्यवस्था समेत मिलाएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष कुरुङ्बाङ्ग,पूर्व अध्यक्ष कृष्ण पौडेल, वोड डाइरेक्टर रविन्द्र भट्टराई, सचिव राजेश दाहाल, सह–कोषाध्यक्ष चित्रबहादुर पोखरेल, वरिष्ठ सदस्य कुमार राई,सदस्यहरु महेन्द्र घिमिरे,मिलन उप्रेती,नरेश बिष्ट, अनजनी संग्रौला, कमलमानसिंह चौहान लगायतले संयुक्त रुपमा मास्क वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *