Sajhamanch Archive

मास्क र सेनिटाइजर बाँड्दै वीरता जेसीज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न विभिन्न संघ–संस्थाहरुलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ ।

आज नेपाल पत्रकार महासंघ झापा शाखालाई २५० थान मास्क र २० वटा सेनिटाइजर प्रदान गरेको हो । समाचार सम्प्रेशण गर्न हरेक दिन व्यस्त रहनुपर्ने पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजर प्रदान गरिएको जेसीजका अध्यक्ष पोखरेलले बताए ।

वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई उक्त सामग्री प्रदान गरेका थिए ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ६ स्यालडाँगीमा जोखिम न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै सहभागीहरुलाई मास्क र साबुन वितरण गरिएको छ ।  स्यालडाँगीका २५० भन्दा बढी स्थानीयलाई मास्क र सावुन वितरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम भएको थियो ।

हिजोमात्रै सो संस्थाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई मास्क प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *