Sajhamanch Archive

बालुबाडीमा कोरोना र सरसफाई बारे सचेतना प्रदान

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

बनियानी । झापाको दक्षिणी बालुबाडीमा कोरोना भाइरस, दुषित पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले क्लिन झापाको आयोजनामा सचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

कचनकवल गाउँपालिका वडा नं ७ को बालुबाडीमा शुक्रबार क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले कोरोना भाइरस संक्रमणका लक्षण र यसबाट जोगिने उपायहरुका बारे जानकारी गराउँदै दुषित पानी र फोहोरबाट सर्नसक्ने रोगहरु र यसबाट बँच्ने उपायहरुका बारेमा प्रस्तुति दिएका थिए । उनले दिगो सरसफाइमा चर्पीको महत्वका बारे पनि प्रकाश पारेका थिए ।

गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी, वडाध्यक्ष भरत राजवंशीसमेतको उपस्थिति रहेको त्यहाँ इलाका प्रहरी कार्यालय बनियानी प्रमुख धर्मेन्द्र चौधरीले अनावश्यक रुपमा सीमा वारपार नगर्न, हिँड्दा अनिवार्य रुपमा मास्क लगाएर हिँड्न आग्रह गरे ।

क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायले संस्थाले लामो समयदेखि सरसफाई र वातावरण संरक्षणमा विभिन्न चेतनामूलक काम गर्दै आएको बताउँदै ग्रामीण क्षेत्र तथा दूरदराजका नागरिकमा अझै पनि नियमित गरिनुपर्ने सरसफाइका बारे चेतनाको कमी रहेकोले जिल्लाका सबै पालिकाका ग्रामीण र कम शिक्षित समुदायमा चेतना अभिबृद्धि गर्नुपर्ने आवश्यकता दर्शाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *