Sajhamanch Archive

पत्रकार आचार्यको जन्मदिनमा मास्क

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ ।

अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो।

कोरोना भाइरसबाट संक्रमित हुनबाट जोगिन के कस्ता उपाय अबलम्न गर्न सकिन्छ र कसरी बच्ने उपाय सहित मास्क वितरण गरिएको अभियान्ता अनु ठकुरीले बताइन् ।

अभियान्ता ठकुरीले आवश्यक ठाउँमा विभिन्न संघसस्थाको सहयोग र सहकार्यमा मास्क वितरण गर्ने जानकारी दिइन् ।

पत्रकार आचार्यले आफ्नो जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा खर्च गरेको बताए । उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले स्थानीयलाई मास्क वितरण गर्दै सबै सजक र सचेत हुन आग्रह गरे।

संचारकर्मी सरोज पौडेलले प्रष्ट पार्दै स्थानीयलाई ५ सय मास्क वितरण गरिएको बताए । साथै स्थानीयलाई साबुन पानीले कसरी हात धुने र कसरी सुरक्षित हुने समेत जानकारी दिइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *