Sajhamanch Archive

मिनिट्रकको ठक्करबाट बाबु छोराको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काभ्रे । मिनिट्रकको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ।

आज बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबु छोराको ज्यान गएको हो।

मोटरसाइकलमै सवार आमा भने घाइते छिन् । मोटरसाइकल चालक उदयपुर जिल्ला रौतमाई गाउँपालिका वडा नंं ४ स्थित ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुनी श्रेष्ठको उपचारको क्रममा निधन भएको हो।

उनीहरुलाई बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको थियो मोटरसाइकल चालक श्रेष्ठको श्रीमती सुनिता श्रेष्ठको भने उपचार भइरहेको छ।

प्रहरीले उक्त मिनिट्रक र चालक रामेछाप खाँडादेवी गाउँपालिका निवासी लक्ष्मीनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *