Sajhamanch Archive

कैलालीमा विस्फोट, एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

धनगढी । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका वडा नं.४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *