Sajhamanch Archive

प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ सरकारले भारतसँग जोडिएका साना नाका बन्द गर्न सर्कुलर जारी गरेको छ ।

शुक्रबार संघीय सरकारलाई नाका बन्द गर्न आग्रह गरेको प्रदेश सरकारले आज आफैं नाकामा आवत-जावत गर्न रोक लगाउन निर्देशन दिएको हो ।

भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा तत्काल कडाइ गर्न सर्कुलर जारी भएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए । ‘हामीले नाका बन्द गर्न मिल्दैन,’ उनले भने, ‘ठूला नाकामा कडाइ गरेर सानालाई बन्द गर्न सर्कुलर जारी गरेका छौं ।’

कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरुमा आवत-जावत रोक्न सर्कुलर जारी गरेको हो ।

यस अघि भारतले काँकडभिट्टा बाहेक अन्य नाका बन्द गर्ने बताएपनि सबै साना नाकाहरुमा आवत-जावत सामान्य थियो । आज भारतले जनता कर्फ्यू लगाएको छ । जसका कारण आवत-जावत पातलो छ ।

विराटनगरको रानी, झापाको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज र सुनसरीको भाण्टाबारी नाकामा कडा चेकजाँच गरी तेस्रो मुलुकका र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न रोक लगाइने भएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *