Sajhamanch Archive

कारोना संक्रमणबाट आइतबार एकैदिन १५८५ को मृत्यु, इटालीमा मृतकको संख्या ५ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

आइतबार मात्रै इटालीमा थप ६५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५६० जनामा संक्रमण देखिएको छ। शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ भने ५९ हजार १३८ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार ७५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १०७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६०३ रहेको छ।

त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना रहेको छ । त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६८५ पुगेको छ भने २१ हजार ६३८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५४६ रहेको छ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४ जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

हिजो आइतबार मात्रै कहाँ कति मृत्युः
इटाली– ६५१
स्पेन – ३७५
इरान– १२९
फ्रान्स – ११२
अमेरिका– ११७
बेलायत– ४८
नेदरल्यान्ड्स – ४३
जर्मनी – १०
बेल्जियम – ८
स्विजरल्यान्ड – १८
दक्षिण कोरिया – २
इन्डोनेसिया – १०
टर्की – ९
ब्राजिल – ८
फिलिपिन्स – ६
इजिप्ट – ४
रोमानिया, इराक – ३
हंगेरी, भारत, अल्जेरिया, पोल्यान्ड, ग्रीस, मलेसिया, ट्युनिसिया, पोर्चुगल – २/२ जना
स्विडेन, क्यानडा, गुआम, चेक गणतन्त्र, बुर्किनाफासो, एन्डोरा, मोरक्को, नर्थ म्यासेडोनिया, सर्बिया, बहराइन, पाकिस्तान, अफगानिस्तान, सर्बिया – १/१ जना

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *