भोलिदेखि सिङ्गो देश ‘लकडाउन’, सरकारले गर्यो यस्ता सात निर्णय
Published:
by .काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित बिरामी भेटिएपछि थप संक्रमण फैलिन नदिन सरकार थप कडा बनेको छ ।
फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएपछि थप सतर्कता अपनाउँदै भोलि (मंगलबार) देखि पूरै देश ‘लक डाउन’ गर्ने सरकारले निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।
यस बाहेक नेपाल र चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाहरुले कोरोना संक्रमण भित्रिन नदिन निषेधाज्ञा, सीमा नाका बन्द र ‘लकडाउन’ को निर्णय गरेका छन् ।
Comments