Sajhamanch Archive

सरकारले मान्यो, जनताले मानेनन्

Published: (Updated: ) in विचार/ब्लग, by .

सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए ।

सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो ।मगलबार बिहानबाट शुरु गरिएको लकलाई उनीहरुले नै उल्लंघन गरेको पाइयो। इटली लगायतका मुलुकले समयमै साबधानी नअपनाउँदा ठुलो क्षति ब्यहोर्न्नु परेको र नेपाल सरकारले बेलैमा सजग नभए ठुलो क्षतिको सामना गर्नु पर्ने भन्दै जनता ,मिडिया र सामाजिक संन्जाल तात्यो यो आवाजलाई सरकारले सम्बोधन गर्यो ।

तर निर्णय कार्यान्वयन गर्न भने प्रहरी र सेना सडकमा उतार्नु पर्ने अवस्था शृजना भएको छ। देशका विभिन्न स्थानमा कर्फ्यु आदेश लगाउनु पर्यो । सवारीसाधन नियन्त्रणमा लिनु पर्यो । सुन्दा दुःखद कुरा हो जसको उपचार र कुनै खोप पत्ता लाग्न सकेको छैन ,बच्ने र सुरक्षित हुने एउटै मात्र उपाय भनेको घर भित्र सुरक्षित बस्नु हो । सजिलो उपाय घरमै बस्ने, दिनचर्या सहज बनाउने ,साबुनपानीले हातधुने ,मास्कको प्रयोग गर्ने,अर्गानिक साग तरकारी खाने माछामासु नखाने जस्ता सुझाब सरकार र स्वास्थ अधिकारीले मात्र होईन अन्तर्राष्ट्रिय समुदायले पनि भनेको छ । तर हाम्रो प्रबृत्ति निस्कनै पर्ने, बाहिर देखिनै पर्ने सुरक्षा र सावधानीका लागि राज्य गम्भीर बन्ने जनता रेला गर्ने ।

राज्यका लागि होईन आफ्ना लागि हो सरकारले भनेको मान्नु ।१६ हजार भन्दा बढिको मृत्यु भएको छ लाखौं संक्रमित भएका छन् । छिमेकी रास्ट्र भारत लगायत १ सय ९२ देशमा फौलिएको कोरोना नेपालमा आउने प्रशस्त संम्भावना छ। लकडाउन गर्यो नेपाल सरकारले अनि भारत लगायतका मुलुकमा कार्यरत नेपाली घर फिर्न पाउनु पर्ने भन्दै सिमानाकामा आन्दोलन र नाराबाजी गर्नु यो परिस्थितिमा मुर्खता हुन सक्छ ।भौतिक सुखका लागि शहरमा हुने संकट आउँदा गाउँ लाई माया गर्नु हाम्रो परम्परा जस्तै भएको छ।यो परिस्थितिमा जो जहाँ छौं त्यही बसौं सिर्जना गरौं ,आफू संग भएका प्रतिभाहरु ।बालबालिका संग रमाऔं परिवारलाई समय दिऔं । हाम्रो संस्कार हाम्रो संस्कृति नमस्कार गरौं हात नमिलाऔ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *