शिवसताक्षीमा १६ वेडको क्वारेन्टाइन कक्ष
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन कक्षको निर्माण सम्पन्न गरको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो ।
वडा नम्बर ११ स्थित साविकाको झरना प्राथमिक विद्यालयको कक्षा कोठामा क्वारेन्टाइन कक्षतयार भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाइनकक्षमा बस्नेहरुका लागि खानाको व्यवस्था शिवसताक्षी नगरपालिकाले गरिदिने क्वारेन्टाइन कक्ष निर्माण समितिका अध्यक्ष तथा वडा नं. ११ अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए । उनले नगरपालिकाले आपतकालिन अवस्थाका लागि पहिलो चरणमा १६ वेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको जानकारी दिए । आवश्यक परे थप व्यवस्थान गर्ने समेत उनले बताए । क्वारेन्टाइनमा उपचारका लागि चाहिने स्वास्थकर्मीलाई आवश्यक पर्ने सामाग्री समेत खरिद गरेर स्वास्थकर्मी परिचालन गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शिवसताक्षी नगर क्षेत्र भित्र विदेशबाट आएका मानिसहरुको खोजी कार्य भैरहेको समेत जनाएको छ । अध्यक्ष श्रेष्ठले भने, हामीले भर्खरै विदेशबाट आएका साथी भाईहरुको खोजी कार्य गरिरहेका छौ । एक जनालाई मोरङ्गको टाँडीमा रहेको क्वारेन्टाइन कक्षमा समेत पठाइसकिएको छ ।
उनले विदेशबाट कोही आएर घरमै बसिरहेको अवस्था भेटिए तुरुन्त नगरपालिकामा खबर गरिदिन समेत नगरबासीलाई आग्रह गरेका छन् ।
क्वारेन्टाइन कक्षको सुरक्षा नेपाल प्रहरीले गर्ने जनाइएको छ । शिवसताक्षी नगरपालिकाले लकडाउन अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।
Comments