Sajhamanch Archive

कोभिड–१९ : सामाजिक दूरी कायम गर्न बिर्तामोडमा अभ्यास (फोटो फिचरसहित)

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । विश्वव्यापी महामारीको रुप लिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्ने महसुस गरी आजदेखि बिर्तामोडमा सो को अभ्यास सुरु गरिएको छ ।

चेम्बर अफ कमर्श झापाको संयोजन तथा स्थानीय प्रहरी प्रशासनको रोहबरमा आजदेखि खाद्य किराना पसल, सागसब्जी पसल तथा औषधी पसलमा सामाजिक दूरी कायम गर्ने अभ्यास थालिएको हो ।

चेम्बर अफ कमर्श झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले दिएको जानकारी अनुसार सन्तोष भेराइटीसहित किराना पसलहरुमा, प्रदीप फार्मेसीसहित औषधी पसलहरुमा र बुधबारे हटियाका सब्जी पसलहरुमा क्रेता र विक्रेताको दूरी कायम राख्न संकेतहरु बनाइएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालसहितको उपस्थितिमा सामाजिक दूरी कायम राख्ने संकत चिन्ह बनाइएको अग्रवालको भनाई छ । उनका अनुसार हरेक व्यक्ति कम्तीमा एक मिटरको दूरीमा रहेर व्यवसायिक कारोबार गरेमा, गफगाफ गरेमा रोक संक्रमण गर्ने किटाणुहरु एकापसमा नसर्ने वैज्ञानिक मान्यता रहेकाले क्रेताहरु तथा बिक्रेता बीचको दूरी कायम गर्न यस्तो अभ्यास थालिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *