Sajhamanch Archive

लकडाउनको उल्लंघन भएपछि स्थानीयले गरे बाटो बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

शिवसताक्षी । लकडाउनको समयमा भित्री बाटोमा चलपल बढेपछि गाउँलेले बाटो बन्द गरेका छन् ।

चोक तथा बजार सुनसान भएपनि सवारी साधान भित्र बाटो गरे चल्न थालेपछि गाउँलेले बाटो बन्द गरेका हुन् । स्थानीयले बाँसको बार लगाएर बाटो बन्द गरेका छन् । बारमा लेखिएको छ, पछि आइसियू र भेन्टिलेटरमा बस्नु भन्दा अहिले केही दिन घरमै बस्नु राम्रो, आफु पनि बचौ र अरुलाई पनि बचाउँ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित सतासी पुल उत्तर जाने बाटो स्थानीय मैनाचुली युवा क्लबले बन्द गरेको छ । बजार तथा मेन हाइवे बन्द भए पनि भित्री बाटोमा मोटर साइकल, अटो लगायतका सवारी साधान चलेपछि बाटो बन्द गर्नु परेको शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडा सदस्य बहादुर आङ्गवोले बताए । उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरबाट बच्न घर गाउँमा पनि हिडडुल गर्ने, भेला हुने कार्यलाई निरुत्साहित गर्न बाटो बन्द गरेको जानकारी दिए ।

शिवसताक्षी नगरपालिका वडा नं. २ को हिमाली टोलमा पनि अध्यधिक मात्रामा मोटर साइलक चलेपछि बाटो बन्द गरिएको नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. १० माइधार देखि नहरचौक जाने मुल नहरमा पर्ने बाटो स्थानीय युवाले बाँसको बार लगाएर बन्द गराएका छन् । यता कमल गाउँपालिकामा समयगढबाट मुजुरभिट्टा हुँदै केर्खा बजार आउँने बाटो पनि स्थानीयले बन्द गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *