Sajhamanch Archive

काठमाडौंको प्रविधिलाई चुनौती दिँदै पूर्वी नेपालमा म्यूजिक भिडियो (म्यूजिक भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by .

झापा । पछिल्लो समय पूर्वी नेपालबाट निकै राम्रा अनि काठमाडौलाई चुनौती दिने किसिमका सांगीतिक तथा मनोरञ्जनात्मक कार्यहरु हुन थालेका छन् । उत्कृष्ट हास्य टेलिश्रृङ्खलादेखि गुणस्तरीय म्यूजिक भिडियोसम्म पूर्वमै मै तयार हुन थालेका छन् । यसले गर्दा धेरै लुकेका प्रतिभालाई स्थान पनि पाउन सहज हुँदै आएको छ ।

यसै शिलशिलामा हास्य टेलिश्रृङ्खला दोबाटेमा चिबे बुढाको भूमिकामा सबैमाझ परिचित समीर सुवेदीको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ ।

संचारकर्मी प्रेम अधिकारीको शब्द र गायिका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको हो ।

दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाइसकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेकी हुन् । गायिका कटुवालले गीत सबै स्रोता, दर्शकले मन पराउने किसिमको रहेको बताएकी छन् ।

संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वी नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । इलामबाट पत्रकारिता गर्दै आएका अधिकारीको शब्दमा एक दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

भिडियोमा कलाकार तथा सञ्चारकर्मी समीर सुवेदी, बसन्त राई, सुस्मिता कोइराला र अस्मिताले अभिनय गरेका छन् । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाइ कुमार साम्पाङले निर्देशन गरेका हुन् ।

इटहरीबाट संचालित पाथीभरा रेकर्डिङ स्टुडियो तथा निषाद संगीत विद्यालयको संचालकसमेत रहेकी गायिका सुनिता कटुवालले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *