Sajhamanch Archive

वासिंटन विश्वविद्यालयको चेतावनी: कोरोनाबाट अमेरिकामा ८० हजारको ज्यान जान सक्छ

Published: in विश्व समाचार by .

एजेन्सी । वासिंटन विश्वविद्यालयले कोरोना (कोभिड–१९) संक्रमणका कारण ८० हजारभन्दा मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ।

विश्वविद्यालयको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएशनका निर्देशक क्रिस्टोफर मुर्रेले भनेका छन्, ‘संक्रमण रोकथामका लागि अहिले गरिएभन्दा पनि राम्रो उपाय निकाल्न निकै गाह्रो छ, हामीले कम्तीमा ८१ हजार जनाको ज्यान ज्याने जोखिम देखिरहेका छौं।’ इन्स्टिच्युटले गरेको अध्ययनअनुसार अब चार महिनाको अवधिभित्रै धेरै मानिसहरुको ज्यान गइसक्नेछ।

शोधकर्ताहरुले यो महामारी रोक्न अस्पतालमा पर्याप्त शय्या, भेन्टिलेटर र आवश्यक उपकरणहरु तत्काल व्यवस्था गर्न सरकारलाई सुझाएका छन्। अमेरिकामा बुलेट रेलको गतिमा फैलियो कोरोना, न्यूयोर्कमै २०० जनाको मृत्यु निर्देशक मुर्रेले भनेका छन्, ‘अहिले अमेरिकामा जे देखिएको छ, यो त महामारीको पहिलो चरणको क्षति मात्रै हो, अब के हुन्छ : एकीन गर्नै सकिँदैन।’ मानिसहरुबीचको भौतिक दुरी (फिजिकल डिस्ट्यान्सिङ) को अवधारणालाई प्रभावकारी रुपमा अवलम्बन गर्न सके महामारीबाट धेरै हदसम्म जोगिन सकिने मुर्रेले बताए। कोरोना महामारी अमेरिकाका लागि सबैभन्दा ठूलो चुनौती बन्नसक्ने चेतावनी दिँदै शोधकर्ताहरुले मानवीय हताहती सोचेभन्दा निकै बढी हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *