आईसोलेसनमा बसेका व्यक्ति भागे
Published:
by .कटारी । उदयपुर जिल्लास्थित कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार भागेका छन् ।
ती व्यक्ति ४ दिनअघि भारतबाट आएका थिए । भारतबाट २१ जनाको समूहका आएकाे थियाे । ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षीय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन् ।
गत १२ गते भारतको सिलीगुढी हुँदै काकडभिट्टा नाकाबाट नेपाल छिरेर कटारी आईपुगेका २१ मध्ये अन्यलाई कटारी १ बेलसोतस्थित क्वारेन्टाईनमा राखिएको छ ।
सामान्य ज्वरो आएका कारण मग्रातीलाई अस्पतालको आईसोलेसनमा राखिएको थियो । आईसोलेसनमा बस्दै आएका उनी शनिबार बिहान खाना खान बोलाउँदा कोठामा नभेटिएपछि भागेको अनुमान लगाइएको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार मग्रातीको मोवाईल, झोला र लुगाफाटा भने सबै अस्पतालमै भेटिएको छ । मान्छे भने साँझसम्म नफर्केपछि भागेको पत्ता लागेको हो ।
सुरुमा ज्वरो देखिएपछि आईसोलेसनमा राखिएका उनलाई अहिले ज्वरो भने नरहेको अस्पतालले जनाएको छ ।
Comments