Sajhamanch Archive

कोभिड १९ बारे जानकारी दिने सरकारी एप सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनाइएको वेबसाइट कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार उक्त वेवसाइट र एपको सुरूवात गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एपसँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज गराउन भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध पनि गरेका छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारीसहित सम्पूर्ण सूचनाहरु आम नागरिकमाझ सहजरुपले पुर्याउन मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन,आइएचआरआर आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *