Sajhamanch Archive

कोरोना त्रास: कैद मिनाहाका लागि झापा कारागारले नाम विभाग पठायो

Published: (Updated: ) in विविधा by .

भद्रपुर । कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्।

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। कैद मिनाहा गर्न सकिने कैदी बन्दीको नामावली विभागले माग गरेपछि उनीहरूको नाम पठाएको उनले बताए। उनका अनुसार एक वर्षसम्मका कैद भएका ४० जना, २९ जना ज्येष्ठ नागरिक र १५ जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नेगेटिभ मुद्दा नभएका कैदीको नाम सिफारिसका लागि पठाएको हो।

‘हामीसँग नाम मागेपछि पठाएको हौं,’ उनले भने, ‘अब निर्णय गर्ने काम विभागको हो’ उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बमोजिम चारदिन अघि झापा जिल्ला अदालत भद्रपुरमा दुई जनाको नाम सिफारिस गरी कैद मिनाहाका लागि पठाएको थियौं। तर अदालतबाट अहिलेसम्म केही निर्णय आएको छैन।’ कारागारमा कोरोना त्रास रहेकोले हाल नयाँ कैदी बन्दीलाई प्रवेश गर्न नदिएको बताए। उनले भने, ‘हाललाई कारागार लकडाउनमा राखिएको छ।’ कारागारमा हाल १०३५ जना पुरुष, ७८ जना महिला कैदी बन्दी रहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *